कांग्रेसलाई गृहमन्त्री लामिछानेको च्यालेञ्ज : म भुईंको मान्छे हुँ, झुक्ने कुरा एक ईन्चपनि स्विकार्य छैन्

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूलाई नेपाली कांग्रेसले डेढ वर्षको लागि प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् । उनले यसबारेमा सभापति शेरबहादुर देउवालाई प्रष्ट पारिदिन भनेका छन् ।

प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकमा आफूमाथि सहकारी ठगीको आरोप लागेपछि जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् । उनले सार्वभौम सांसदलाई सदनमा बोल्न दिने कुरामा कांग्रेसले अवरोध पुर्याएको भन्दै उसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्न उठाए । उनले विपी, गणेशमान, किसुनजीहरुको यस्तै कांग्रेस हो त ? भन्दै प्रश्न गरे । उनले भने,‘लोकतन्त्रको यो कस्तो अभ्यास हो ? म प्रश्न गर्न चाहन्छु ।’

लामिछानेले आफू टेलिभिजनमा काम गर्दा लगानी नगरेको र श्रमबाट प्राप्त हुने रकमलाई सेयरमा राखेको स्पष्टीकरण दिए । उनले आफूले एक रुपैयाँ लगानी नगरेको र छोड्ने बेलामा पनि एक रुपैयाँपनि नलिएको दोहोर्याए । उनले सहकारी ठगी प्रकरणमा आफूमाथि एउटापनि मुद्दा नभएको र अभियोजन दर्ता नभएको स्पष्ट पारे । हिजो सत्तामा हुँदा कांग्रेसले न्वारानदेखिको बल लगाएर आफूलाई दोषी करार गर्न खोजेको पनि उनले आरोप दोहोर्याए ।

उनले अब देश कांग्रेसीहरुको गनगनलेमात्रै नचल्ने चेतावनी दिए । उनले भने,‘यो देश अब तपाईंहरुको गनगनले मात्रै चल्दैन् । आँफै सरकारमा भएको बेला किन कारबाही गर्नुभएन ? अप्रमाािण्त हल्ला चलाएर अनि आरोप लगाएर लखेट्ने ?’ उनले आफ्नो पार्टी कायरहरुको पार्टी नभएको र आफूपनि कायर नेता नभएको उद्घोष गरे । उनले भने,‘रवि लामिछाने कायर नेता होईन । मिडिया ट्रायल गरेर फल खेलेर हराएको हामीलाई स्विकार्य छैन् । म भुईंको मान्छे हुँ । झुक्न चाहीँ एक ईन्चपनि स्विकार्य छैन् ।’

सम्बोधनको क्रममा उनले जिबी राईले गरेको सारा फोहोर आफूले सोहर्नुपर्ने हुन्छ र ? भन्दै प्रश्न गरे । उनले आफू अत्याचार, अन्याय र अति सहन तयार रहेको पनि घोषणा गरे । उनले भने,‘म तयार छु । हाटखुट्टा बाँधेर बोल्न नदिएको हो । विषकुण्डमा चोपल्न खोजेको कुरा दुनियाँले हेरेको छ । संसद् बन्धक नबनोस । बन्द नगरियोस । सर्वाधिक मत ल्याएको व्यक्तिलाई बोल्न नदिने ? यसको पनि इतिहासमा मुल्यांकन होला । सदनबाट नपुगेर सडकसम्म गाली गर्ने कुरा पनि इतिहासले अवश्य मनन गर्नेछ ।’

सदनमा उभिएर लामिछानेले आफ्ना सांसदहरुलाई भने–‘तपाईंको सभापति ठग होईन । ठगी गरेको छैन् । विधिको विडम्बना सहकारी पीडितलाई न्याय दिलाएको मान्छे हुँ म, बदनानी र अपमान सहन तयार छु । यहाँ म दीप श्रेष्ठको एउटा गीत सम्झिन चाहन्छु–आमा तिनीहरुले जेसुकै भनुन् म बहुला होईन ।’

उनले आफ्नो भाग्यपनि अचम्मको रहेको सुनाए । उनले थपे–‘मेरो भाग्यपनि अचम्म छ । टिभीमा हुँदा सबैको तारो बनिरहें, राजनीतिमा हुँदापनि तारोमा छु । कतिपय साथीहरुले मिडिया मिलाउनुहोस भन्नुहुन्छ । म मिडिया मिलाउँदिनँ । म टिकापुर मिलाउाँछु । बाँसबारी मिलाएँ । तर, म मिडिया मिलाउँदिनँ । पेशेवरले रिट हालेको हालैछ । म देश मिलाउँछु । यही दशेमा बसेर जनताको अवस्था मिलाउँछु । संसदीय छानबिन समितिबाट म कहिल्यैपनि डराएको छैन् । कांग्रेस कागजमा मात्रै होईन । आचरणमा लोकतान्त्रिक होस ।’

उनले आफू हिजो नगरिकसमेत नभईकन बसेको मान्छे भएको स्मरण गराउँदै भने,‘म फेरि एकपटक जिरो हुन तयार छु । म देश नै छोड्न तयार छु । रास्वपाका नेताहरुलाई सहभागी नगराई तपाईंहरु नै सहमति गर्नुहोस । समस्याग्रस्त सहकारीको समाधान गरौं । यही अधिवशेनले कानून पारित गर्नसक्छ । एउटा व्यक्तिलाई खुइल्याउने, अपमानित गर्ने अनि बोल्न पनि नदिने अनि निरन्तर लल्कारिने ? यो कस्तो संस्कार हो । भर्खर आएका हामीलाई निमोठ्ने प्रयास भयो । निमोठ्नुपर्नेगरि रास्वपाले गल्ती गरेको छैन् । म जोगाइदिन भनेर याचना गर्न आएको होईन ।’

आफूहरुमाथिको घेराबन्दीले देशैभरिका आफूहरुलाई माया गर्नेहरु पनि डराएको उल्लेख गर्दै उनले अहिले खेल सुरु भएको सुनाए । उनले भने,‘हामीलाई माया गर्नैहरु पनि डराएका छन् । सिट्टी बज्यो भनेर बाहिर हल्ला छ । फुटबल खेलमा पनि तीन पटक सिट्ठी बज्छ । यो चाहीँ खेल सुरु भएको सिट्टी हो । खेल त बल्ल सुरु भएको छ । समाधानको बाटोमा जाऔं । भएका सहमतिमा काम गरौं । सडकमा र सदनमा नन इस्युलाई इस्यु बनाएको हामी प्रतिपक्षी हेर्न चाहँदैनौं । ठूलो हृदय र मन राखेर सदन सुचारु गर्नुहोस ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

सिरहा । सिरहा प्रहरीले जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको छ । जेएनजीको आन्दोलनको क्रममा कारागार..