प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा मन्त्रीकै आशंका

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई यसपटक विश्वासको मत लिन सजिलो नरहेको टिप्पणी गरेका छन् । आज (आइतबार) पेशागत महासंघ नेपालको २९औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गत २०७९ पुसदेखि प्रधानमन्त्री प्रचण्डले पटक–पटक विश्वासको मत लिनुपरेको भन्दै उनले भने, ‘अहिले फेरि भोलि प्रधानमन्त्रीले विश्वासको मत लिँदैहुनुहुन्छ । यो सजिलो छैन ।’

साथै, देशको अवस्था पनि भनेजस्तो सजिलो नरहेको उनको भनाइ छ । उनले संविधानले समावेशिता, समानता, स्वतन्त्रतालगायतका सबै अधिकार दिएपनि राजनीतिक स्थिरता हुन नसक्दा जनता संवैधानिक अधिकारबाट बञ्चित हुन परेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..