ओली-प्रचण्डलाई सभामुख घिमिरेको अल्टिमेटमः भोलि ११ बजेसम्म सहमति गर्नुस्

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रमुख प्रतिपक्षी दलसँग सहमति गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली–प्रचण्डसँग भएको संयुक्त बैठकमा सभामुख घिमिरेले अध्यादेशबाट अगाडि बढ्दा सदनको गरिमा घट्ने भन्दै सहमतिको विन्दु खोज्न सुझाव दिएका हुन् ।

जबरजस्ती रुपमा संसद् चलाएपनि भोलि कुनै विन्दुमा सहमति गर्नुभन्दा अहिले नै मध्यमार्गी बाटो खोज्न उनले आग्रह गरेका हुन् । भोलि ११ बजे प्रतिनिधि सभाका बैठक बस्ने कार्यतालिका रहेको छ । भोलि ११ बजे अगाडि नै प्रमुख प्रतिपक्षसँग सहमति गरेर सौहार्दपूर्ण ढंगबाट सदन चल्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानविन समिति माग गरेको छ । कांग्रेसले अघि सारेको मागका कारण संसद् अवरोध जारी छ । संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दलहरु निरन्तर संवादमा रहेपछि छलफल निश्कर्षविहीन हुँदैआएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..