मेयर चौधरीद्वारा २ सय ७५ जना विपन्न र दलितलाई झुल वितरण गर्यो

सिरहा । गर्मी र वर्षातको मौसम सुरु भएपछि लामखुट्टेको प्रकोप बढेको छ। त्यही प्रकोपबाट जोगाउन सिरहाको लहान नगरपालिकाका प्रमुख मेयर महेश प्रसाद चौधरीले झुल वितरण सुरु गरेका छन्।

मंगलबार वडा नम्बर १५ ढोढनाबाट वितरण सुरु गरेका छन्। त्यहाँको २ सय ७५ विपन्न, दलितलाई वितरण गरिएको मेयर महेश चौधरीले जानकारी गराए। ‘गर्मी र वर्षातको मौसम सुरु हुनेबित्तिकै लामखुट्टेको प्रकोप बढेको छ। टोकाइबाट मानिसहरू बिरामी पर्न थालेका छन्,’ उनले भने, ‘स्थानीयको माग अनुसार यो झुल वितरण सुरु गरिएको हो।’

यस नगरका २४ वटै वडाका गरिब, विपन्न र दलित परिवारलाई पालैपालो झुल वितरण गरिने उनले मेयर चौधरीले सुनाए। डेंगु, मलेरिया जस्ता रोगबाट जोगिन मद्दत पुग्ने उनले सुनाए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..