सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ ।

अध्यक्ष चतुरबहादुर चन्दले बुधबार विज्ञप्ति जारी गर्दै बलात्कार मुद्दामा निर्दोष रहेको उच्च अदालतको फैसला आएकोले लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरेका हुन् ।

जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनले बुधबार क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले प्रमाण नपुगेको भन्दै जिल्ला अदालत काठमाडौंको फैसला उल्टाएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..