कांग्रेसको कुण्ठाग्रस्त सनककै भरमा संसदीय समिति गठन हुँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको कुण्ठाग्रस्त सनककै भरमा संसदीय समिति गठन नहुने बताएका छन् ।

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन आवश्यक नभएको बताए ।

लामिछानेको कमी–कमजोरी भए राज्यका निकायले छानबिन गर्न सक्ने उनले बताए । अध्यक्ष ओलीले संसद्मा कसैले सनकको भरमा बोलेकै आधारमा संसदीय छानबिन समिति बन्न नसक्ने बताए ।

अध्यक्ष ओलीले भने, ‘अफवाहका पछाडि कांग्रेसको द्वेषपूर्ण कुण्ठाग्रस्त सनकका पछाडि कुनै समिति बनाइराख्न जरुरी छैन । यसैका आधारमा संसद् रोक्न आवश्यक छैन, कांग्रेसले रोकेर मान्य हुँदैन । कांग्रेसको घरबाट ल्याएको संसद् हो ? भोलिबाट कांग्रेसलाई नारा लगाउन आउने अरुलाई नजानेको होइन ।’

संसद्मा कांग्रेसले अधिनायकवादी चरित्र प्रदर्शन गरिरहेको अध्यक्ष ओलीले आरोप लगाए । संसद्मा अब कांग्रेसलाई बोल्न नदिने ओलीले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..