प्रचण्ड, ओली र रवि लामिछानेबीचको छलफल सकियो, आफूले बोल्न पाउनुपर्ने कुरा लामिछानेले आजपनि दोहोर्याए

काठमाडौं । सिंहदरबार बसेको सत्ता गठबन्धनका मुख्य घटक एमाले, माओवादी केन्द्र र रास्वपाका नेतृत्वकर्ताहरुको बैठक सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछानेबीचको छलफल सकिएको छ ।

सदनको अवरोध खुलाउने विषयमा र समसामयिक विषयमा तीन नेताबीच सिंहदरबारमा गम्भीर छलफल भएको हो । बैठकपछि बाहिरिने क्रममा गृहमन्त्री लामिछानेले आफूले सदनमा बोल्न पाउनुपर्ने अडान दोहोर्याए ।

उनले भने,‘मैले सदनमा बोल्न पाउने कुरा मेरो अधिकारको कुरा हो । त्यसपछि कुरा अघि बढिहाल्छ । त्यसपछि चित्त बुझेन, जवाफ नै चित्त बुझेन भने त उहाँहरुको विरोध गर्ने अधिकारको पूरै सम्मान गरिहाल्छौं । लोकतन्त्रको त्यति अभ्यास गर्नुपर्छ । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीलाई त्यति अभ्यासमा त चुक्नुहुँदैन जस्तो लाग्छ मलाई, त्यति भइदियो भने र भनेको कुरामा चित्त बुझेन भने गर्ने निर्णय त भैहाल्छ । आज त्यही नै सल्लाह भएको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..