जेठ ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं । जेठ ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डरमा जेठ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । यसका साथै त्यसदिन लगानी सम्मेलनसँग सम्बन्धित अध्यादेश स्वीकृत गर्ने लगायतको सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा छ ।

त्यसअनुसार जेठ ६ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको हो ।

सहकारी ठगी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा निरन्तर अवरोध गर्दै आएको छ । मंगलबार बसेको संसद्को दुवै बैठकमा अवरोध भएपछि भोलिसम्मका लागि बैठक सारिएको छ । कांग्रेसले सहकाररुी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग राखेर सदन अवरुद्ध गरिरहँदा ६ गते हुने प्रधानमन्त्रीसँगको प्रश्नोत्तर पनि हुने नहुने निश्चित छैन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..