सन्दीपको मुद्दामा आजै फैसला आउनसक्ने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाई जारी छ । मुद्दा सुनुवाईका लागि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा पेशी परेको छ ।

अहिले सन्दीपको पक्षबाट बहस सकिएको छ भने जाहेरीवालाको तर्फबाट सुनुवाई जारी छ । जाहेरीवालाको तर्फबाट बहस सकिएमा आजै फैसला सुनाउने तयारी उच्च अदालतले गरेको छ ।

गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो।

मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आजका लागि पेशी तोकिएको थियो। त्यसअघि, न्यायाधीशद्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले गौशाला २६को जन्म दर्ता प्रमाणपत्र झिकाउने आदेश गरेको थियो। सुनुवाइका क्रममा अब देवानी तथा फौजदारी कानुनका विज्ञ वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले पनि सन्दीपका पक्षमा बहस गर्ने भएका छन्।

२०८० पुस २५ गते जिल्ला अदालत काठमाडौंले नाबालिग जबर्जस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा २ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले फैसला गरेकोमा फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने पुनरावेदनका लागि उच्च अदालत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..