एआईजीमा बढुवा भएका जोशी र ढकालले लगाए फुली

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका दुई जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

आईजीपी बसन्त बहादुर कुँवरले एआईजीमा बढुवा भएका उमेशराज जोशी र भीमप्रसाद ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषद्ले उनीहरूको पदस्थापन समेत गरिसकेको छ।

जोशी प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभाग र ढकाल मानव स्रोत विकास विभागमा पदस्थापन भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..