इलाम–२ मा डम्बर खड्काको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिकाका १ र २ नम्बर वडाको मतगणना सकिँदा नेपाली कांग्रेसका उमेदवारको अग्रता कायमै छ।

कांग्रेसका उम्मेदवार डम्बर खड्काले १,१५५ मत ल्याएर अग्रता लिएका छन्। उनलाई नेकपा एमालेका सुहाङ नेम्वाङले १,०६३ मत सहित पछ्याइरहेका छन्।

तेस्रो स्थानमा स्वतन्त्र उमेदवार डकेन्द्र थेगिम रहेका छन्। मुढा चिह्नका थेगिमले ३१३ मत पाएका छन्। चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार मिलन लिम्बूले २११ मत ल्याएका छन्।

इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल) मा मतगणना भइरहेको छ। इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता रहेकामा ६९ हजार ४२१ जनाले मतदान गरेका छन्।

इलाम–२ मा आइतबार मध्याह्नदेखि मतगणना थालिएको हो। यहाँ १९ उमेदवार चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..