प्रचण्ड र रवि लामिछानेलक्षित गगनको टिप्पणी : कांग्रेस र एमाले तर्साउने शक्तिलाई अन्त्य गरिदिउँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले ठूला दललाई तर्साउने शक्तिको अन्त्य गर्नको लागि एमाले र कांग्रेस मिल्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनले एमाले र कांग्रेसको सहकार्य निर्वाचनसम्बन्धी कानून संशोधन गर्न हुनुपर्ने बताएका हुन् ।

सम्वादको यात्राको क्रममा बाँके पुगेका थापाले यस्तो आवश्यकत्ता औंल्याएका हुन् । थापाले माओवादी केन्द्र र रास्वपालक्षित यो टिप्पणी गरेका हुन् । उनले भने,‘निर्वाचनमा कम सिट प्राप्त गर्ने तर ठूला दललाई तर्साउने शक्तिको अन्त्यका लागि संविधान वा राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्नुपर्ने विकल्प छ । त्यसको लागि कांग्रेस र एमालेले सम्वाद थाल्नुपर्छ ।’ निर्वाचनसम्बन्धी प्रावधान सच्याउनको लागि एमाले र कांग्रेस मिल्नुपर्ने कुरा यसअघि कांग्रेसकै नेता डा. शेखर कोइरालाले पनि उठाएका छन् ।

थापाले बाँकेको खजुरीमा आयोजित कार्यक्रममा भनेका छन्,‘सानोसानो पसल खोलेर धन्दा चलाउने अवस्था सधैंको लागि बन्द गरिदिऔं, १५ सिटे, २० सिटे, ३० सिटे पार्टीले कहिले कांग्रेस र्साउने, कहिले एमाले तर्साउने गर्न थाले । यो खेललाई सधैंका लागि बन्द गर्ने कानुन बनाऔं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..