ओलीले सुनाए प्रधानमन्त्रीमा आफ्नो रुचि नभएको विषय, देशलाई ओरालो लाग्नबाट रोक्ने घोषणा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको नयाँ समिकरणलाई बलियो बनाउनको लागि उदारताका साथ र फराकिलो तवरले योगदान गर्ने बताएका छन् । पार्टीको आज (सोमबार) बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

सम्बोधनको क्रममा उनले भने,‘कतिले हल्ला चलाएका छन्, ए यो मन्त्रालय लिएन, त्यो मन्त्रालय लिएन । कुन मन्त्रालय महत्वहीन हुन्छ ? कुन मन्त्रालय कम महत्वको हुन्छ ? सबै मन्त्रालय उत्तिकै महत्वका छन् ? त्यसकारण हामीले यो मन्त्रालयगत प्रश्नमा वा पदगत प्रश्नमा होइन, अन्तर्यमा त्यसको सारतत्वमा र राजनीतिको मूल विषयमा केन्द्रित हुन सिक्नुपर्छ । त्यो जान्नुपर्छ । र, त्यो फराकिलोपन हामीसँग चाहिन्छ ।’

ओलीले अहिलेको सत्ता समिकरणलाई बलियो बनाउनको लागि योगदान गर्ने बताए । उनले भने,‘एउटा चलेको छ यो प्रधानमन्त्रीको कुरा, त्यसबेलै मैले प्रधानमन्त्रीमा मेरो रुचि नभएको, अहिलेको समिकरण बदल्न चाहेको, प्रधानमन्त्रीको पद धेरै ठूलो कुरो होईन ।

प्रधानमन्त्रीको पद महत्वपूर्ण कुरा पनि हो । त्यसैबाट नेतृत्व गरिन्छ । त्यहीँबाट नेतृत्व हुन्छ । तर, यतिवेला के गर्दा चाहीँ अनुकुल वातावरण बन्छ ? देश ओरालो लागिराखेको छ, हामी प्रधानमन्त्रीको कुर्सीका लागि लडिरहन्छौं भने, प्रधानमन्त्री नभएरपनि देश ओरालो लाग्ने बाटो रोकेनौं र त्यसलाई छेक्दैनौं भने राम्रो हुँदैन् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..