ओलीले सुनाए प्रधानमन्त्रीमा आफ्नो रुचि नभएको विषय, देशलाई ओरालो लाग्नबाट रोक्ने घोषणा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको नयाँ समिकरणलाई बलियो बनाउनको लागि उदारताका साथ र फराकिलो तवरले योगदान गर्ने बताएका छन् । पार्टीको आज (सोमबार) बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

सम्बोधनको क्रममा उनले भने,‘कतिले हल्ला चलाएका छन्, ए यो मन्त्रालय लिएन, त्यो मन्त्रालय लिएन । कुन मन्त्रालय महत्वहीन हुन्छ ? कुन मन्त्रालय कम महत्वको हुन्छ ? सबै मन्त्रालय उत्तिकै महत्वका छन् ? त्यसकारण हामीले यो मन्त्रालयगत प्रश्नमा वा पदगत प्रश्नमा होइन, अन्तर्यमा त्यसको सारतत्वमा र राजनीतिको मूल विषयमा केन्द्रित हुन सिक्नुपर्छ । त्यो जान्नुपर्छ । र, त्यो फराकिलोपन हामीसँग चाहिन्छ ।’

ओलीले अहिलेको सत्ता समिकरणलाई बलियो बनाउनको लागि योगदान गर्ने बताए । उनले भने,‘एउटा चलेको छ यो प्रधानमन्त्रीको कुरा, त्यसबेलै मैले प्रधानमन्त्रीमा मेरो रुचि नभएको, अहिलेको समिकरण बदल्न चाहेको, प्रधानमन्त्रीको पद धेरै ठूलो कुरो होईन ।

प्रधानमन्त्रीको पद महत्वपूर्ण कुरा पनि हो । त्यसैबाट नेतृत्व गरिन्छ । त्यहीँबाट नेतृत्व हुन्छ । तर, यतिवेला के गर्दा चाहीँ अनुकुल वातावरण बन्छ ? देश ओरालो लागिराखेको छ, हामी प्रधानमन्त्रीको कुर्सीका लागि लडिरहन्छौं भने, प्रधानमन्त्री नभएरपनि देश ओरालो लाग्ने बाटो रोकेनौं र त्यसलाई छेक्दैनौं भने राम्रो हुँदैन् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..