निलम्बित न्यायाधीश गिरी कारगार चलान

काठमाडौं । बैबाहिक बलात्कारको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरी डिल्लिबजार कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका आत्मसमर्पण गरेका गिरीलाई डिल्लिबजार कारागार पठाउन आदेश दिइएको हो ।

यसअघि धरौटीमा थुनाबाहिर नै रहेर मुद्दाको पुर्पक्ष गरिरहेका गिरीलाई गत चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले थुनामा पठाउने आदेश दिएको थियो ।

गिरीविरुद्ध उनकी श्रीमती आरती रावलले बैवाहिक बलात्कारको मुद्दा दायर गरेकी थिईन् । आफूलाई घरेलु हिंसा, यौनशोषण र अप्राकृतिक मैथुन गरेको आरतीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..