राप्रपाको ‘ग्रिन सिग्नल’पछि गण्डकीमा खगराजले फुटाए मन्त्रालय

काठमाडौं । गण्डकी प्रदेश सरकारले २ मन्त्रालय फुटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि ७ मन्त्रालय रहेकोमा २ मन्त्रालय थपेर ९ वटा बनाउने निर्णय गरेको हो ।

मुख्यमन्त्री खगराज अघिकारीले स्वास्थ्य र आन्तरिक मामिला मन्त्रालय थप्ने निर्णय गरेका हुन् । सरकारले सामाजिक तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् मातहतको आन्तरिक मामिलालाई टुक्र्याएको हो ।

गण्डकीमा यसअघि १२ वटा मन्त्रालय रहेकोमा २०७९ पुष २५ गते मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले नै घटाएर ७ वटा मन्त्रालय बनाएका थिए।

गण्डकीमा अहिले एमाले माओवादी र एक स्वतन्त्र सांसद सरकारमा छन् । तर, सरकार जोगाउन यी दलको साथले मात्र सम्भव छैन् । प्रदेश सभामा २ सांसद रहेको राप्रपालाई जसरी भएपनि सरकारमा सामेल गराउनुपर्ने बाध्यता अधिकारीलाई छ ।

यसअघि सरकारको दाबी पेश गर्नेबेला नै राप्रपालाई समेट्ने प्रयास गरेपछि २७ गतेको कार्यक्रमअघि सरकारमा नजाने राप्रपाको अडानले रोकिएको थियो । गत साता एमाले कास्कीका नवनिर्वाचित पदाधिकारीलाई शपथ गराउन पोखरा जाँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा प्रदेश संसदीय दलका नेता पञ्चराम गुरुङसँग भेटेका थिए । गुरुङसँग भेटेर ओलीले सहकार्यको प्रस्ताव राखेका थिए ।

ओलीको सहकार्यको प्रस्तावमा गुरुङ सकारात्मक देखिएपनि केन्द्रको निर्णय अन्तिम हुने जवाफ दिएका थिए । राप्रपाले हालै काठमाडौंमा वृहत जनप्रदर्शन पनि गरिसकेको छ । जनप्रदर्शनपछि राप्रपाले प्रदेश सरकारका विषयमा निर्णय लिने बताएको छ । स्रोतका अनुसार अघिकारी नेतृत्वको सरकारमा सामेल हुन राप्रपाले ग्रिन सिग्नल दिएको छ ।

अधिकारीले पनि राप्रपा सहभागी भए २ मन्त्रीनै दिन अधिकारी तयार छन् । राप्रपालाई सहभागी गराउन नै मन्त्रालय पलुटाएको चर्चा पोखरमा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..