कार्यकर्तालाईं देउवाको निर्देशन: हामीमाथि धेरै चुनौती थपिएको छ, एकजुट भएर लाग्नू

रुपन्देही । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी निर्माणमा एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताएका छन् ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ कार्यसमितिले आज आयोजना गरेको नयाँवर्षको शुभकामना आदानप्रदान तथा भेटघाटका अवसरमा उनले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको हितमा एकजुट भई लाग्न आग्रह गरे ।

नेपाली कांग्रेसमाथि अहिले धेरै चुनौती थपिएको बताउदै उनले सबै मतभेद हटाएर चुनौतीको सामना गर्न आग्रह गरे । उनले नेता तथा कार्यकर्तालाई अहिले पार्टीलाई अप्ठयारो पार्ने काम नगर्न उनले निर्देशन दिए ।

उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पहल गर्ने समेत प्रतिबद्धता जनाए ।

सो अवसरमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुशील गुरुङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पहल गर्न सभापति देउवा समक्ष आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..