विमला घिमिरेलाई उपाध्यक्ष भन्दा ठूलो जिम्मेवारी दिएपनि फरक पर्दैन: पूर्व उपाध्यक्ष अर्याल

काठमाडौं । राष्ट्रिय सभाकी पूर्व उपाध्यक्ष उर्मिला अर्यालले नेकपा एमालेकी नेतृ विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्ष भन्दा पनि ठूलो जिम्मेवारी बहन गर्न सक्ने क्षमत भएको व्यक्ति रहेको बताएकी छन् ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा घिमिरेलाई उपाध्यक्ष निर्वाचित गरिओस् भन्ने प्रस्तावमा समर्थन जनाउँदै निवर्तमान उपाध्यक्ष रहेकी अर्यालले आफू तत्कालीन अवस्थामा एमालेमा रहँदा देखिनै घिमिरेलाई चिन्ने गरेको र उनको क्षमता उपाध्यक्ष भन्दा पनि माथिको जिम्मेवारी बहन गर्न सक्ने खालको रहेको जिकिर गरिन् ।

अर्यालले उपाध्यक्षबाट राजीनामा दिएपछि रिक्त पदमा आज निर्वाचन हुँदैछ । उपाध्यक्षको मैदानमा एमालेकी घिमिरे र प्रतिपक्षी दल नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..