कृषि विकास निर्देशनालयका तत्कालीन प्रमुख पोखरेलसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको विषयमा मुद्दा दायर भएको छ ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

आयोगले निर्देशनालयकै कृषि इन्जिनियर विश्वनाथ पौडेल, तत्कालिन कृषि अर्थविज्ञ (शाखा प्रमुख) भानुभक्त भट्टराई, स्याङजाको गल्याङ नगरपालिका तीन पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने, सचिव परसुराम खनाल र कोषाध्यक्ष उमा श्रेष्ठ र स्थानीय श्रीप्रसाद श्रेष्ठ विरुद्द प्रतिव्यक्ति २८ लाख ३७ हजार २१७ रुपैयाँ बराबरको विगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

स्याङ्गजाको गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न भनी कृषि निर्देशनालय, गण्डकी प्रदेश पोखराबाट अनुदान प्राप्त गरी भवन निर्माणको लागि विनियोजित बजेट हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..