मुख्यमन्त्री खगराज अधिकारीलाई पदच्यूत गराउन माग गर्दै सर्वोच्च जाने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।

सोमबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निजि निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारीको बैठकले अधिकारी नेतृत्वको प्रदेश सरकार असंवैधानिक रहेको ठहर गर्दै अदालतको ढोका ढकढक्याउने निर्णय गरेको छ ।

संविधानको धारा १६८ को उपधार २ अनुासर अधिकारी आइतबार गण्डकीको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले आइतबार नै पद तथा गोपनीयताको शपथ लिँदै हरिबहादुर चुमान र दीपक मनाङेलाई मन्त्रीसमेत नियुक्ति गरिसकेका छन् ।

एमाले माओवादी र स्वतन्त्र सांसद गरि ३१ जनाको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । तर, ३१ जनाको समर्थनमा माओवादी केन्द्रबाट निर्वाचित सभामुख कृष्ण धितालको पनि हस्ताक्षर प्रयोग भएको थियो ।

यसअघि कोशीमा पनि सभामुखलाई सरकार गठनमा प्रयोग गरेको भन्दै अदालतमा रिट परेको थियो । जसमा सर्वोच्चले सभामुखलाई सरकार निर्माणमा सहभागी हुन नमिल्ने फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..