गण्डकी प्रदेशका सभामुख भन्छन्- सरकार बनाउन मैले हस्ताक्षर गरेको छैन

पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले आफू दलको सदस्य नभएको कुरा प्रदेश प्रमुखले जान्नुपर्ने बताएका छन्। सभामुख धिताललाई समेत जोडेर गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेकपा (एमाले) नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेपछि धितालले उक्त प्रतिक्रिया दिएका हुन्।

‘सभामुख भएपछि दलको सदस्यता त्याग्नै पर्‍यो,’ उनले भने, ‘दलको सदस्यता त्यागेका सभामुख सत्ताको जोडघटाउमा जोड्न हुँदैन भन्ने कुरा प्रदेश प्रमुखले जान्ने कुरा भयो नि! त्यो त हाम्रो कुरा भएन।’

एमाले नेता अधिकारीले आइतबार सभामुख धिताललाई समेत जोडेर बहुमत रहेको भन्दै मुख्यमन्त्री दाबी गरेका थिए। उनले एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ जोडेर मुख्यमन्त्री दाबी गरेका थिए।

अधिकारीले मुख्यमन्त्री दाबी गरेपछि नेपाली कांग्रेसले सभामुखलाई सत्ताको जोडघटाउमा प्रयोग गरेको भन्दै प्रदेश प्रमुखसमक्ष असहमति पत्र बुझाएको थियो। सचेतक नन्दप्रसाद न्यौपानेले प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएका थिए।

कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डेले सांसदको हस्ताक्षर सनाखत गरेर मात्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख भट्टलाई आग्रह गरेका थिए।

कांग्रेसको विरोधका बावजुद प्रदेश प्रमुख भट्टले एमाले नेता अधिकारीले माग गरे अनुसार संविधानको धारा १६८ उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका छन्।

सभामुख धितालले निर्वाचन आयोगले माओवादी केन्द्रलाई ८ जना प्रदेश सांसद संख्या रहेको विवरण दिएको बताए। आफू सभामुख निर्वाचित भएपछि सत्ताको जोडघटाउमा नरहेको भन्दै उनले यस विषयमा कानुन पनि स्पष्ट नभएको दाबी गरेका थिए।

‘दाबी त जसले जे पनि गर्न सक्यो, निर्वाचन आयोगले दिएको रेकर्डका आधारमा सरकार दाबी गरिएको रहेछ,’ उनले भने, सरकार बनाउन मैले हस्ताक्षर गरेको छैन, मैले दलको सदस्यता त्यागेको कुरा प्रदेश प्रमुखलाई थाहा हुनुपर्छ।’

सभामुख भइसकेपछि धितालले आफू आबद्ध माओवादी केन्द्रको आबद्धता त्यागेको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..