सिरहामा जग्गा दर्ता रोक्काको माग गर्दै स्थानीय आन्दोलित

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ३ स्थित कुरवा हनुमाननगरमा रहेको एक सय पाँच विघा ऐलानी जग्गामा पुस्तौदेखि जोतभोग गरी करिव चार सय गरिव विपन्न परिवार बसोबास गर्दै आएको जग्गा हाल आएर व्यक्तिले माग दावी गरेपछि जग्गा दाखा दर्ता रोक्काको माग गर्दै स्थानीयहरु आन्दोलित भएका छन् ।

जोताहाको जोत भोग कायम, सरकारी जग्गाको संरक्षण गर, जग्गा दाखा दर्ता रोक्का गर लगायत माग गर्दै जुलुशसहितको टोली लहान मालपोत कार्यालयमा गएर वडाको सिफारिशसहित तीन सय छैसठ्ठी घर परिवारले जग्गाको माग दावीसहितको निवेदन दर्ता गराएका हुन् ।

धनगढीमाई नगरपालिकाका वडा नं. ३ का वडा अध्यक्ष विरेन्द्र साहले पुस्तौदेखि उक्त ठाउँमा बसोबास मात्र छैन सो ठाउँमा ऐतिहासिक तथा पर्यटकीय क्षेत्रसहित विद्यालय समेत हुँदाहुँदै निवर्तमान वडा अध्यक्ष देव कुमार साहले उक्त जग्गा खाली पर्ति रहेको व्यहोरासहितको वडा सिफारिश दिनु भू-माफियासँग प्रभावित भएर दिएको आरोप लगाउनुभयो ।

साविकको हनुमाननगर प्र.ध.मौजे कि.नं. २४२, २४३, १२५ लगायत कित्ता नं.रहेको जग्गामा तीन देखि पाँच पुस्तासम्म बसोबास गर्दै आएको स्थानीयले आपसी समझदारीमा पाँच कठ्ठादेखि एक विघासम्म भाग बण्डा गरी खानजोत गरी जिविकोपार्जन गर्दै आएको वताउँछन् ।

मालपोत कार्यालय लहान सिरहाका प्रमुख दिपेन्द्र प्रसाद चौधरीका अनुसार वडाको सिफारिशलाई आधार मानेर मालपोत कार्यालयले ३५ दिने माग दावीको सूचना प्रकाशित गरेको भन्दै माग दावी सहितको निवेदन स्थानीय स्तरबाट आएकाले निवेदन दर्ता गरी सम्बन्धित निकायको निर्देशन बमोजिम प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो ।

मालपोत कार्यालय लहानले फाल्गुन ३० गते सूचना प्रकाशित गर्दै उक्त जग्गा सिरहा नगरपालिका वडा नं. ६ माडर बस्ने राम दयाल साहसमेत दुई जनाको हकदावी सूचना प्रकाशित भएपछि स्थानीयहरु सशंकित भएका हुन् । स्मरण रहोस् उक्त जग्गामा पौराणिक, धार्मिक तथा पर्यटकीय क्षेत्र राजदेवी मन्दिर, चार वटा गाउँ, दुई वटा सामुदायिक विद्यालय समेत रहेको छ ।

उक्त जग्गामा बसेको बस्तिसँगै सबैको सरोकारको संरचना नभत्काई बाँकी रहेको जग्गालाई सरकारी स्वामित्वमा हुनुपर्ने स्थानीयहरुले माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..