गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराजको दाबी पेश

पोखरा । गण्डकीको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेश गरेका छन् ।आइतबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा ३१ सांसदको समर्थनमा दाबी पेश गरेका छन् । नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्र ८ (सभामुख) सहित र नेकपा एकीकृत समाजवादीका राजिव गुरुङ (दीपक मनाङे) हस्ताक्षरसहित दाबी पेश भएको छ ।

स्वतन्त्र निर्वाचित भएर नेकपा एकीकृत समाजवादी रोजेका दीपक मनाङेलाई सत्ता जोगाउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर, उनले फेरि एमाले माओवादी गठबन्धनलाई रोजेका छन् ।

चैत २१ मा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजिनामा दिएपछि प्रदेश प्रमुख भट्टले बहुमत समर्थन जुटाएर चैत २७ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

एमाले माओवादी गठबन्धनले दीपक मनाङेलाई मनाएपछि राप्रपाको समर्थन नपाएमा विश्वासको मत लिनेबेलासम्म सभामुख र उपसभामुख दुवैलाई राजिनामा दिन लगाउने रणनीतिमा छ । एमालेका ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई पनि सरकारमा सहभागी गराएर जसै विश्वासको मत लिने अर्को रणनीति हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..