जनकपुरधाममा पहिलो पटक व्हिल चेयर म्याराथन प्रतियोगिता सम्पन्न

धनुषा । जनकपुरधाममा पहिलो पटक व्हिल चेयर म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । न्यु भिजन नेपाल र स्पाइनल इन्जरी संघ मधेस प्रदेशको संयुक्त आयोजनामा मधेस प्रदेशमै पहिलो पटक जनकपुरधामस्थित माछा पालन परिसरमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

एक किलोमिटर दूरीको व्हिल चेयर म्याराथनमा मधेस प्रदेशभरबाट १५ जना व्हिल चेयर प्रयोगकर्ताहरु सहभागी भएका थिए । व्हिल चेयर प्रयोगकर्तालाई सकारात्मक सोचको विकास गर्ने उद्देश्यका साथ म्याराथन आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

उक्त व्हिल चेयर म्यराथन प्रतियोगितामा एक किलोमिटरको दूरी ६ मिनेट २६ सेकेन्डमा पूरा गर्दै महोत्तरीका नरेश कुमार साह प्रथम स्थान, ६ मिनेट ३८ सेकेन्डमा सर्लाहीका संजय कुमार महतो दोस्रो स्थान र सर्लाहीकै रमेश पासवान ७ मिनेट १८ सेकेन्डमा सो दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे ।

प्रथम, द्वितीय तथा तृतीयसहित सबै विजेतालाई प्रमाणपत्र, मेडल तथा प्रोत्साहनस्वरुप नगद प्रदान गरिएको थियो । प्रतियोगितामा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. जागेश्वर यादवलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..