जीबी राईलाई गृहमन्त्री लामिछानेले जोगाएको कांग्रेसको दाबी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका जीबी राईलाई गृहमन्त्री रवि लामिछानेले लुकाएको आरोप लगाएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकको सुरुआतमै बोल्दै सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले सो आरोप लगाएका हुन् । संसदीय समितिको बैठकमा प्रहरी प्रमुखले सुपुर्दगी सन्धि नहुँदा जीबी राईलाई नेपाल झिकाउन नसकिएको अभिव्यक्ति दिएको प्रसंग जोड्दै महामन्त्री शर्माले भने, ‘म गृहमन्त्रीजीलाई मलेसियाको कानुन पढाउन चाहन्छु । मलेसियाको कानुनमा भनिएको छ कि कुनै पनि देशको कोही अभियुक्त छ भनेर सम्बन्धित देशले कूटनैतिक प्रक्रियाबाट माग गर्यो भने सुपुर्दगी गर्न सकिन्छ । जीबी राईलाई लिएर आउने कुरामा के कुरामा ढिलाइ भएको छ ?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिपक्षमा रहँदा सभापति लामिछानेले सरकारले जीबी राईलाई पक्राउ गर्नै नचाहेको भनेर आरोप लगाएको स्मरण गर्दै कांग्रेस महामन्त्री शर्माले अहिले आफू सरकारमा रहँदा गृहमन्त्री लामिछानेले राईलाई पक्राउ गर्न नचाहेको बताए ।

प्रतिपक्षमा बस्दा रास्वपा सभापति लामिछानेले बोलेको स्मरण गराउँदै उनले भने, “माघ १६ गते मित्र रवि लामिछाने गृहमन्त्री हुनुहुन्न थियो । प्रतिपक्षमा हुनुहुन्थ्यो । बढो खरो स्वरमा बोल्दै सरकारले जीबी राईलाई पक्रन चाहेन भन्नुभयो ।”

उनले गृह मन्त्रालयमा पुगेपछि लामिछानेको बोली फेरिएको आरोप लगाए । साथै उनले मलेसियामा भएको मान्छेलाई पक्राउ गर्न केले रोक्यो भन्ने प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..