सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । सुनको भाउ आज अहिलेसम्मकै उच्च भएको छ ।

आज एकैदिन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै तोलाको १ लाख ३३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख ३१ हजार २ सय रुपैयाँ थियो ।

यसअघि अस्ति सोमवार तोलाको १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेर रेकर्ड कायम भएको थियो । सुनको भाउको अस्तिको रेकर्ड आज तोडिएको हो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ६५ रुपैयाँले बढेर एक हजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..