सहायक सीडीओसहित ९ जना उपसचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले तीन जना सहायक सीडीओसहित ९ जना उपसचिवको सरुवा गरेको छ । गृहमन्त्रालयले बुधबार ९ जना उपसचिवको सरुवा गरेको हो।

भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी मनिता श्रेष्ठको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा भएको छ ।

श्रेष्ठ भोजपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा भए पनि उनी गृहमन्त्रालयमा काजमा रहेकी थिईन् ।

यस्तै सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रेवतीरमण शर्माको अध्यागमन विभागमा काजमा रहनेगरी अध्यागमन कार्यालय तातोपानी सिन्धुपाल्चोकमा सरुवा गरिएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काजमा रहेका जाजरकोटका सहायक सीडीओ पुष्कर रानाको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा भएको छ ।

गृहमन्त्रालयमा कार्यरत उपसचिव मोहनप्रसाद न्यौपानेको अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगमा काजमा रहनेगरी अछामको सहायक सीडीओमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..