बाल गृहमा धूमधामका साथ होली

काठमाडौं । कपिलवस्तुको तौलिहवा स्थित बाल गृहमा धूमधाम साथ होली मनाइएको छ। बालगृहमा रहेको २९ बेसाहारा बालबालिकाहरूले एक आपसमा होलीका रंग साटासाट गरेर धूमधामसँग होली मनाएका हुन।

नेपाल बाल संगठनका अध्यक्ष गोपालमणि ज्ञवालीले बालबालिकाहरुलाई रंग लगाई शुभकामना एवं आशिष् दिए। उनले बेसाहारा बालबालिकासँग हाली खेल्न पाउँदा आफूलाई निकै खुसी लागेको सुनाए।

उनले चाडबाडमा बेसाहारा बालबालिकासँग यसरी रमाउन पाउँदा आनन्दित महसुस हुने गरेको उल्लेख गर्दै भने ‘बालबालिकालाई राम्रो वातावरण र संरक्षण प्रदान गर्ने हामी सबैको दायित्व हो।’

बालबालिका यसरी होली खेल्न पाउँदा निकै हर्षित देखिन्थे। उनीहरुले आफुहरुलाई सदैव माया र साथ दिन आग्रह समेत गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..