सीआईबीका ४ इन्स्पेक्टर हटाइए

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत ४ जना इन्स्पेक्टरलाई हटाइएको छ । सीआईबीमा कार्यरत रञ्जित लामालाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । इन्स्पेक्टर वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर–१ नक्साल, कृष्ण श्रेष्ठलाई पहरा गण र सुरेश खत्रीलाई प्रहरी हेडक्वार्टरमा सरुवा गरिएको छ ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले विभागीय कारबाही गर्न सिफारिस गरेपछि मन्त्रिपरिषद्ले एआईजी किरण बज्राचार्यलाई सरुवा गरेको थियो । ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीको अनुसन्धानमा एआईजी बज्राचार्य नेतृत्वको टिमले त्रुटिपूर्ण अनुसन्धान गरेको आयोगको ठहर छ ।

चैत २ बाट सीआईबीको प्रमुखमा एआईजी श्यामलाल ज्ञवाली गएका छन् । बज्राचार्य निकट मानिएका प्रहरी निरीक्षकहरुलाई त्यहाँबाट हटाउने निर्णय गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एक जना अधिकृतले बताए । इन्स्पेक्टर खत्री बज्राचार्यको सचिवालयमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..