परराष्ट्रमन्त्री श्रेष्ठको चीन भ्रमणलाई लिएर सर्वत्र आलोचना

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्री श्रेष्ठ ९ दिन लामो चीन भ्रमणका लागि जान लागेका हुन् ।

परराष्ट्रमन्त्री बनेपछिको यो श्रेष्ठको यो पहिलो विदेश भ्रमण हो । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणा परराष्ट्रमन्त्री श्रेष्ठसहितको टोली चीन जान लागेको हो । मन्त्री श्रेष्ठसहितको टोली आज राति ११ बजे चीन प्रस्थान गर्ने कार्यतालिका छ । मन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

मन्त्री श्रेष्ठको चीन भ्रमण लामो भएको भन्दै राजनीतिक बृत्तमा टीकाटिप्पणीसमेत सुरु भएको छ । उनको भ्रमणलाई लिएर नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि नेकपा (एमाले) की नेतृ कोमल वलीसम्मेले आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..