प्रधानमन्त्री प्रचण्डले आत्मालोचना गरेपछि सहकार्य थालेका हौं : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपाकालको विवादको विषयमा आत्मलोचना गरेपछि नयाँ समीकरणको सरकार बनाएको बताएका छन् । एमाले कास्की जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले भने, ‘पुरानो गठबन्धनको आधारमा मुलुकलाई अगाडि बढाउन खोज्ने हो भने भविष्य फस्नेछ भन्ने मान्यताको आधारमा गठबन्धन भत्काउन तयार हुने हो भने हामी सहकार्य गर्न तयार छौं । हामीले कांग्रेसका नेताहरुलाई पनि भनेका थियौं– तपाईंहरु तयार हुनुस्, हामी साथ दिन तयार छौं ।

हामीले माओवादीलाई पनि भनेका थियौं । कांग्रेस तयार भएन । माओवादी भयो । हामीले प्रचण्डलाई प्रधानमन्त्री बनायौं । तर, उहाँ पुरानै गठबन्धनमा फर्किनुभएको थियो । हामी सरकारबाट बाहिरिएर तपाईंले गलत गर्नुभयो भनेर त्यसै बेला भनेका थियौं ।’

उनले अहिले एउटा विन्दुमा आइपुग्दा प्रचण्डले फेरि महसुस गरेपछि सहकार्य सुरु भएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..