एकीकृत समाजवादीले मनाङ्गेलाई स्पष्टीकरण सोध्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राजीव गुरुङ (दीपक मनाङ्गे) लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले गण्डकी प्रदेश सभामा स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएर समाजवादी प्रवेश गरेका र फेरि पार्टी परित्याग गरेका मनाङ्गेलाई स्पष्टीकरण सोध्ने निर्णय गरको हो ।

केही दिनअघि मनाङ्गेले एकीकृत समाजवादी छाडेका हुन् । दल परित्याग गरेर उनी अहिले कांग्रेस नेतृत्वको प्रदेश सरकारमा मन्त्री बनेका छन् ।

‘दीपक मनाङे पहिला हाम्रो पार्टीमा प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश गरेकाले हाम्रोतर्फबाट मन्त्री पनि बन्नुभयो । तर अहिले कुनै छलफल नै नगरी उहाँ समीकरण बदलिएको अवस्थामा मन्त्री बन्न जानुभयो । उहाँलाई प्रदेश कमिटीलाई स्पष्टीकरण सोध्न निर्देशन दिएका छौं,’– सचिव जीवनराम श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..