लहानमा राष्ट्रिय स्तरको यज्ञभूमि क्रिकेट स्टेडियम बन्ने

लहान । सिरहा जिल्लाको लहान नगरपालिकामा राष्ट्रिय स्तरको यज्ञभूमि क्रिकेट स्टेडियम निर्माण सुरु भएको छ।

स्थानीय ‘उत्तरायणी सरोकार समिति’को पहलमा क्रिकेट स्टेडियमको निर्माण सुरु भएको हो।

स्टेडियमको शनिबार लहान नगरपालिकाको प्रमुख महेश चौधरी, उपप्रमुख रामचलितर महतो र लहान नगरपालिका–४ का वडाध्यक्ष रामनाथ पण्डितले संयुक्त रुपमा शिलान्यास गरे। क्रिकेट स्टेडियन निर्माणका लागि आगामी आर्थिक वर्षमा विशेष आर्थिक तथा प्राविधिक सहयोग गर्ने नगरप्रमुख चौधरीले बताए।

उत्तरायणी सरोकार समितिका अध्यक्ष विमल ठाकुरले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगमा स्टेडियम बनाउने जमर्को गरिएको बताए। सहयोग जुटाउँदै पाँचवर्षमा स्टेडियम निर्माण कार्य सम्पन्न गर्ने आफ्नो प्रयास रहने उनको भनाई छ। ‘यद्यपी एकवर्षभित्रमा सामान्य प्रतियोगिता गर्न सकिनेसम्मको मैदान तयार गर्ने हाम्रो लक्ष्य छ,’ ठाकुरले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..