जनप्रदर्शनको माहोल बनाउन शीर्ष नेता लिएर मधेश झर्दै लिङ्देन

काठमाडौं । चैत २७ गते काठमाडौंमा गर्न लागेको वृहत्त जनप्रदर्शनको माहोल बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ दिने मधेश यात्रामा निस्किने भएको छ ।

हिन्दू राज्य घोषणादेखि राजसंस्था पुर्नस्थापनासमेतलाई जोडेर सरकारलाई ४० बुँदे मागपत्र बुझाएको राप्रपाले भोलिदेखि ५ दिनसम्म अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा तराई मधेश यात्रा गर्न लागेको राप्रपाले जनाएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा हुने तराइ मधेश स्तरीय विभिन्न कार्यक्रममा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा.धवलशमसेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेस प्रदेशका अध्यक्ष भरत गिरी, प्रतिनिधिसभा सदस्य बिना जयसवाल, नेतृ खुस्बु ओली र पार्टी सम्बद्ध युवा, विद्यार्थी, महिला संगठनका अध्यक्षहरु रहनेछन्।

सोमबार जनकपुरको जानकी मन्दिरमा पूजा अर्चना गरेर सुरु हुने मधेश यात्रा सप्तरीको लाहनमा भेला गरेर बोधिवसान नगरपालिकामा आमसभा गरेर यात्रा सक्ने राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..