गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण : प्रधानमन्त्री दाहाल

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण बनाएको बताएका छन्।

शनिबार पोखरामा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ लाई सम्बोधन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। अघिल्लो वर्ष ऊर्जा र उत्साहका साथ आफूले कामको थालनी गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले ती काम र गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण बनाएको सुनाए।

‘गत वर्ष महत्त्वपूर्ण उपलब्धि प्राप्त भएका छन्,’ उनले भने भने, ‘तर मेरो सङ्कल्प र हुटहुटीअनुसार ती पर्याप्त छैनन् भन्ने बुझेर नै नयाँ गठबन्धनको निर्णयमा पुगेको हुँ।’

सरकार पुनः गठनको प्रारम्भिक चरणमै केही महत्त्वपूर्ण कामहरू भएको पनि उनले दाबी गरे। उनी भन्छन् ‘यसले सरकारको उज्यालो भविष्यलाई सङ्केत गर्छ।’

आयोजित प्रतियोगीताका विजयीहरूलाई पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री दाहालले हजारौँ नयाँ ‘स्टार्टअप’ र उद्यमशीलता कार्यक्रम सुरु गरिने बताए। उनले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिनेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..