गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण : प्रधानमन्त्री दाहाल

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण बनाएको बताएका छन्।

शनिबार पोखरामा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ लाई सम्बोधन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। अघिल्लो वर्ष ऊर्जा र उत्साहका साथ आफूले कामको थालनी गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले ती काम र गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण बनाएको सुनाए।

‘गत वर्ष महत्त्वपूर्ण उपलब्धि प्राप्त भएका छन्,’ उनले भने भने, ‘तर मेरो सङ्कल्प र हुटहुटीअनुसार ती पर्याप्त छैनन् भन्ने बुझेर नै नयाँ गठबन्धनको निर्णयमा पुगेको हुँ।’

सरकार पुनः गठनको प्रारम्भिक चरणमै केही महत्त्वपूर्ण कामहरू भएको पनि उनले दाबी गरे। उनी भन्छन् ‘यसले सरकारको उज्यालो भविष्यलाई सङ्केत गर्छ।’

आयोजित प्रतियोगीताका विजयीहरूलाई पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री दाहालले हजारौँ नयाँ ‘स्टार्टअप’ र उद्यमशीलता कार्यक्रम सुरु गरिने बताए। उनले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिनेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..