ढुवानीसम्बन्धी छुट्टै कानुन आवश्यक छः कानुनमन्त्री गिरी

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ढुवानी सेवासम्बन्धी छुट्टै ऐन आवश्यक रहेको बताएका छन्।

मन्त्री गिरीले सार्वजनिक यातायात सेवा ऐन, सवारी तथा यातायात व्यवस्था गर्न बनेको विधेयक र सार्वजनिक सडक सुरक्षासम्बन्धी विधेयकले ढुवानी व्यवसायीहरुको समस्या समाधान हुन नसक्ने आफूले महशुस गरेको उल्लेख गरे।

उनले उक्त समस्या समाधानका लागि छुट्टै ऐन आवश्यक रहेको बताए। शनिबार काठमाडौंमा आयोजित ढुवानी व्यवसायी महासंघ, नेपालको कार्यक्रममा बोल्दै मन्त्री गिरीले त्यो ऐन निर्माणका लागि आफैँले ड्राफ्ट तयार पारेर सो सम्बन्धी कानुन निर्माणमा सहयोग गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरे। उनले कानुनको माध्यामबाट ढुवानी व्यवसायीको समस्या समाधान गर्न आफू जिम्मेवार भएर लागिपर्ने आश्वासनसमेत दिए।

मन्त्री गिरीले कानुन निर्माणको काममा सम्बन्धित क्षेत्रको सहयोगको आफूले अपेक्षा गरेको पनि बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..