आर्थिक उन्नयनमा प्रधानमन्त्रीको बेचैनी देखेर साथ दियौँ : वाग्ले

काठमाडौं । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक उन्नयनका लागि केही गरौँ भन्ने प्रधानमन्त्रीको हुटहुटीलाई साथ दिँदै सरकारमा गएको बताएका छन् ।

प्रतिनिधिसभमा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै वाग्लेले यस्तो बताएका हुन् ।

‘तीन महिनाअघि म र मेरो पार्टीका सभापतिले प्रधानमन्त्रीसँग गम्भीर संवाद गरेका थियौँ । त्यो संवादमा प्रधानमन्त्रीले सामाजिक प्रगतिका विषयमा केही मिनिङ फुल काम गरियो । आर्थिक उन्नयनको विषयमा पनि केही गर्न सकिँदैन ? भन्नु भयो । प्रधानमन्त्रीको चासो हामीलाई जायज लागेको थियो,’ उनले भने, ‘मुलुकको आर्थिक उन्नयनका लागि केही गरौँ भन्ने उहाँको बेचैनीका कारण हामीले उहाँलाई साथ दियौँ ।’

सांसद वाग्लेले प्रधानमन्त्रीको कुर्सी नहल्लिए पनि यथास्थितिमा केही गर्न सकिएन भन्ने हुटहुटी प्रधानमन्त्रीमा आफूहरूले देखेको बताए ।

‘तीन महिनाअगाडि पनि उहाँको कुर्सी हल्लिएको थिएन । एक साताअघि पनि उहाँको कुर्सी हल्लिएको थिएन । त्यसैले यो अस्थिरता, बेइमानीजस्ता भाष्यभन्दा माथि उठेर हामीले उहाँको बेचैनीको जरैसम्म पुग्न खोज्यौँ भने हामीले उहाँलाई न्याय गर्छौँं,’ उनले भने, ‘ब्याज खाएर होइन, कुर्सी ओगटेर होइन, कामै गरेर प्रधानमन्त्रीज्यूको आफ्नो लेगेसीलाई फराकिलो बनाउने प्रयासमा रास्वपाले जोखिम मोलेरै साथ दिएको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..