राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले गराईन् अध्यक्षको निर्वाचनबारे सभालाई जानकारी

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले अध्यक्षको चुनावबारे सभालाई जानकारी गराएकी छन् । आज बसेको राष्ट्रिय सभाको बैठकमा पर्सि हुने निर्वाचनको बारेमा जानकारी गराएकी हुन् ।

आइतबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गर्दै अर्यालले राष्ट्रियसभाको नियमावली बमोजिम संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्षको निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्न निर्देशन समेत दिएकी छिन् ।

पर्सि हुने निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदैछ । अध्यक्षमा माअ‍ोवादी केन्द्र र उपाध्यक्षमा ेनकपा एमालेले उम्मेदवारी दिने सत्ता गठबन्धनबीचमा सहमति भएको छ । तर, नेपाली कांग्रेसले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएको छ ।

राष्ट्रिय सभामा १७ सांसदसहित नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल छ।

कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक-एक सांसद छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक रिक्त छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..