समानता,सुरक्षा र अधिकारका लागि बलिदानीपूर्ण सङ्घर्षको गौरवपूर्ण दिन: पूर्व प्रधानमन्त्री नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्तर्राष्ट्रिय नारी दिवसलाई समानता, सुरक्षा र अधिकारका लागि बलिदानीपूर्ण सङ्घर्षको गौरवगाथा बोकेको विशेष दिनको रुपमा उल्लेख गरेका छन् ।

महिला दिवसको अवसरमा शुभकामना दिँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले राज्यका सबै निकायमा महिलाको प्रतिनिधित्व सुनिश्चितताका साथै राष्ट्र निर्माणमा उनीहरूलाई अग्रसर हुने वातावरण निर्माण गर्नुपर्ने बताए हुन् ।

उनले आर्थिक, सामाजिक, राजनीतिकलगायत क्षेत्रमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरी देशमा सामाजिक रुपान्तरण गर्न सकिने उल्लेख गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले देशमा विभिन्न समयमा भएका जनआन्दोलनमा महिला वर्गको सहभागिता र योगदानबाट राजनीतिक क्रान्ति पूरा गरिएको बताए ।

उनीहरूलाई सामाजिक न्यायका साथै समानताका कानूनी अधिकार रहेकाले त्यसलाई सुरक्षित गर्ने दायित्व राज्यको भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..