भ्रष्टाचार मुद्दामा पूर्व मेयर सहित १२ जनाले पाए सफाइ

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाका पूर्व मेयर उदय बरबरिया यादवसहित १२ जनाले विशेष अदालतबाट सफाइ पाएका छन्।

बुधबार विशेष अदालतका अध्यक्ष एव न्यायाधीश टेकनरायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उनीहरुलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो।

सडक निर्माणमा काम भन्दा बढी भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ माघ २३ गते पूर्व मेयर यादव, उप–मेयर शिला कापर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल कुशियैत, अनुगमन समितका सदस्य कन्हैया मुखियासहित १२ जनामाथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

आर्थिक वर्ष २०७४/७५ मा शहीदनगर नगरपालिका–८ भिसरभोरा टोलको नहरदेखि गोठकोयलपुरसम्म कृषि सडक निर्माण गर्दा फिल्डमा भएको भन्दा बढी काम गरेको भन्दै गलत नापी किताब र कार्यसम्पादन प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरी २ लाख १२ हजार ८ सय १६ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित आयोगले विशेष अदालतमा आरोप पत्र दर्ता गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..