काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका डेपुटी सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जनालाई पक्राउ गरेको हो।
बैंकिङ कसुरमा उनीहरूलाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। कमसल सामान धितो राखेर उनी बैंकिङ कसुर गरेको उनीहरूमाथि अभियोग छ।
उनीहरूलाई नेपाल राष्ट्र बैंकको आग्रहमा सीआईबीले पक्राउ गरेको हो। यसको विषयमा सीआईबीले विस्तृत अनुसन्धान गर्दै छ।


