सहकारी सञ्चालकको सम्पत्ति बेचेर बचतकर्ताको पैसा फिर्ता दिन्छौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी सञ्चालकहरुको सम्पत्ति बेचेर भएपनि बचतकर्तालाई पैसा फिर्ता दिने बताएका छन् । आज (शनिबार) सप्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीका नाममा ठगी गर्नेहरुलाई सरकारले त्यसै नछाड्ने बताएका हुन् ।

उनले अहिले सहकारी तीन प्रकारका रहेको उनले बताए । केही सहकारी अहिले पनि राम्रो तरिकाले सञ्चालन भइरहेको र केही भने आर्थिक मन्दीका कारण सबै बचतकर्ता एकै पटक बचत फिर्ता लिन जाँदा समस्यामा परेको उनको भनाइ छ । केही सहकारी सञ्चालकहरुले भने ठग्नकै लागि सहकारी दर्ता गराएको उनको दाबी छ । त्यस्ता सहकारीलाई कारबाहीको दायरामा ल्याउने उनले बताए ।

‘सहकारीको नाममा जनतालाई लुट्न, ठग्न सहकारी सञ्चालन गरेको सञ्चालकहरुले ठगी गरेका छन्, लुटेका छन् । तिनलाई कारबाही गरिन्छ । तिनका सम्पत्ति विक्रि गरेर बचतकर्तालाई फिर्ता दिईन्छ,’– उनले भने ।

सहकारीको नियमनको लागि नियमक निकाय बचतकर्ता कर्जा सुरक्षण कोष गठन गर्ने निर्णय भएको उनले बताए । साथै, समस्याग्रत सहकारी व्यवस्थापन समितिले त्यस्ता सहकारीको सम्पत्ति विक्री गरेर दामासाही ढंगले बचतकर्तालाई फिर्ता गर्ने तयारी रहेको उनले बताए । बचतकर्ताको रकम फिर्ता गराउनका लागि सरकार प्रतिवद्ध रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..