प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा नेपालमा समाजवाद आउनेछ : मुख्यमन्त्री जम्कट्टेल

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा नेपालमा समाजवाद स्थापना गर्ने बताउनुभएको छ।

शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले माओवादीको क्रान्तिको दिशमात्रै बदलिएको तर क्रान्ति नछोडेको बताउनुभयो। उहाँले माओवादीको क्रान्ति अझै पनि जारी रहेको बताउनुभयो। उहाँले जनयुद्धले नै अहिलेको व्यवस्था ल्याएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘वास्तवमा हामी क्रान्तिकारी हौं। हाम्रो क्रान्तिको कार्यदिशा बदलिएको हो। सम्माननीय प्रधानमन्त्रीज्यू, आदरणीय पार्टी अध्यक्ष उहाँको अगाडि मैले बुझेको उहाँले क्रान्ति छोड्नुभएको छैन। क्रान्तिको कार्यदिशा बदलिएको छ। क्रान्ति जारी छ। हामी उहाँको नेतृत्वमा १० वर्षको महान जनयुद्ध भयो, त्यसले यो राज्य व्यवस्था परिवर्तन गरेको छ। बाँकी कार्यभार अब हामी समाजवादमा पुग्नुछ। हामी श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डकै नेतृत्वमा नेपालमा समाजवाद स्थापना गर्छौं। मजदुर वर्गको पेशागत र राजनीतिक अधिकार प्राप्त भएको व्यवस्था भनेको समाजवाद नै हो।’’

मुख्यमन्त्री जम्कट्टेलले मजदुर वर्गको पेशागत र राजनीतिक अधिकार प्राप्त भएको व्यवस्था भनेको समाजवाद नै रहेको जिकिर गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..