त्रिवि उपकुलपति बरालद्वारा पदभार ग्रहण

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । किर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले शुक्रबार पदभार ग्रहरण गरेका हुन् । निमित्त उपकुलपति शिवलाल भुसालले पदभार ग्रहण गराए ।

कार्यक्रममा रेक्टर, रजिस्ट्रार डिनहरु लगायत पदाधिकारी र प्राध्यापक, कर्मचारी सहभागी थिए । बराललाई बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहालले नियुक्त गरेका थिए । शिक्षा मन्त्रालयले गठन गरेको सिफारिस समितिको सिफारिस अनुसार बराल उपकुलपति नियुक्त भएका हुन् ।

उनी व्यवस्थापन संकायअन्तर्गतको वित्त विषयका प्राध्यापक हुन् । त्रिविबाटै व्यवस्थापन प्रशासन र वाणिज्यमा स्नातकोत्तर बरालले भारतस्थित दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..