गठबन्धन नगर्ने गगनको प्रस्ताव केन्द्रीय समितिले परिमार्जन गर्ने देउवाको उद्घोष

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकका प्रस्तावहरू परिमार्जनसहित केन्द्रीय समितिले पारित गर्ने बताएका छन् । महासमिति बैठकको समापन गर्दै देउवाले सुझावहरू समेटिने बताए ।

उनले भने, ‘यहाँ आएका सुझावहरू समावेश गरेर केन्द्रीय समितिले परिमार्जन गर्ने गरी प्रस्तावहरू पारित भएका छन् । आगामी केन्द्रीय समितिले प्रतिवेदन परिमार्जन गर्ने छ’ ।

वर्तमान गठबन्धन सरकारको प्रमुख घटकको रूपमा सरकारलाई सुशासन कायम गराउन निरन्तर सुझाव दिइरहेको उनको भनाइ छ।

‘कांग्रेसलाई वैचारिक रूपमा अनुशासित ऊर्जावान बनाउन यो बैठकले ऐतिहासिक महत्व राखेको छ’ उनले भने । देउवाले ८ दशकदेखि अनुकूल वा प्रतिकूल अवस्थामा कांग्रेसले देशको राजनीतिमा भूमिका खेलिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..