प्रतिपक्षलाई कांग्रेस सांसद केसीले भने, ‘संसद् अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्नुस्’

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले संसद् अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्न प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै केसी प्रतिपक्ष संसद् चलाउने मुडमा नरहेको जस्तो आफूलाई महसुस भएको बताएका हुन् ।

उनले भने, ‘झट्ट हेर्दा प्रतिपक्ष संसद् चलाउने मुडमा छैन । पटकपटक अवरोध गर्ने मुडमा छ । मलाई लाग्दछ, संसद्को काम भनेको कानुन निर्माण गर्ने हो । एक वर्षमा एउटा कानुन निर्माण भयो ।

आम जनतामा असन्तोष छ । म प्रतिपक्षका साथीहरूलाई भन्न चाहन्छु, विवाद हुनसक्छ तर संसद् अवरोध गरेर त्यहाँबाट सत्ता प्राप्त गर्छु भन्ने अभिलाषा नराख्नुहोला ।’ सांसद केसीले संसद्को कार्यतालिका ल्याएर संसद् सञ्चालन गर्ने कुरा स्वागतयोग्य भएको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..