बालकुमारी घटना हत्या हो भने गृहमन्त्री, भौतिक मन्त्री र डीएसपीलाई जेल हाल्नुपर्छः ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गत फागुन ६ गतेको संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालकुमारी घटनालाई हत्या भएको भनेर जानकारी गराएको बताएका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले हत्या हो भने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र गोली हान्ने डीएसपीलाई पक्राउ गरेर जेल हाल्नुपर्ने बताएका छन् । होईन भने प्रधानमन्त्रीले संसद्मा जे पायो त्यही बोल्न नहुने उनको भनाइ छ ।

‘फागुन ६ गते प्रधानमन्त्रीज्यूले संसद्मा जवाफ दिने क्रममा बालकुमारीको घटना हत्या भएको हो भन्नु भएको छ । देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले बालकुमारी बालकुमारीको घटना यदि हत्या हो भने आदेश दिने गृहमन्त्री, त्यहाँ जाने भौतिक पूर्वाधार मन्त्री पक्राउ गरेर जेल हिन नहालेको ? हत्या हो भने जेल हाल्नुपर्छ,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..