आयोगले औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय समावेशी आयोगले संविधानको मर्म र भावनाअनुरूप आफ्नो औचित्य पुष्टि हुने गरी काम गर्न आवश्यक रहेको बताएका छन् ।

मंगलबार (आज) यहाँ आयोजित राष्ट्रिय समावेशी आयोग तेस्रो स्थापना दिवस कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले समय(समयमा संवैधानिक आयोगबिच अन्तरक्रिया गर्ने र आयोगले लक्ष्यअनुरूपका काम समयमै गर्नुपर्ने बताए । उनले भने, ‘आयोगका सदस्यले काम प्रभावकारी बनाउन जरुरी छ, आयोगले गरेको काम कर्तव्यको पुनरावलोकनसँगै विगतमा गरेका गतिविधिको समीक्षा हुनुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले कमजोर वर्गलाई विशेष प्राथमिकतासँगै अवसरको सृजना गर्न आयोगले वातावरण मिलाउनुपर्नेमा जोड दिए । उनले आयोगमा आएका विषयमाथि छलफल गरेर चर्चा गर्नुपर्ने बताए । उनले भने, ‘पहुँच नहुनेका लागि राज्यको सेवासुविधा सजिलोसँग पाउने वातावरण मिलाउनुपर्छ, भेदभावविना राज्यबाट पाउने सेवासुविधा सबै नागरिकले पाउनुपर्छ ।’

आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले विज्ञ र अनुसन्धानकर्तामार्फत गरेको अध्ययनका आधारमा समावेशिताका लागि गरेको सिफारिस कार्यान्वयन गर्न सरकारका सम्बन्धित निकायले बेवास्ता गरेको बताए ।

उनले भने, ‘आयोगले सिफारिस गर्ने तर सरकार र संसद्ले गम्भीरतापूर्वक नलिने हो भने अहिलेको संविधान र संविधानवादको उपहास हुन पुग्छ, पछाडि परेको जाति, वर्ग र समुदायलाई राज्यको शासन प्रणालीमा मूलप्रवाहीकरण गर्न तथा सामाजिक न्याय प्राप्तिका लागि आयोग सधैँ क्रियाशील रहेको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..