जापानमा व्यापारी महिलालाई ज्यान मार्ने धम्की दिएको आरोपमा नेपाली युवा पक्राउ

काठमाडौं । जापानमा व्यापारी महिलालाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक नेपाली युवालाई प्रहरीले पक्राउ गरेको छ।

जापानको शिजूओकामा ३८ वर्षीया व्यापारी महिलालाई ज्यान मार्ने धम्की र उनको परिवारमा क्षति पुर्याउन म्यासेन्जरबाट धम्की दिएको आरोपमा प्रहरीले २९ वर्षीय नेपाली युवा राजन दुलाललाई पक्राउ गरेको जनाएका छन्।

१७ जनवरीको मध्यराति दुलालले ती महिलालाई म्यासेस पठाएर धम्की दिएको शिजुओका सिन्बुनले समाचार छापेको छ।

दुलाल हाल जापान प्रहरी हिरासतमा छन्। उनलाई १९ जनवरीमा सिजुओका चुओ प्रहरी चौकीले सिजुओका सिटीको आओइबाट पक्राउ गरेको थियो।

प्रहरीका अनुसार उनले केही आरोप अस्वीकार गरेका छन्। प्रहरीले यस घटनामा पारस्परिक सम्बन्धमा समस्या आएको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..