आर्यनको घातक बलिङसामू निरीह नामिबिया, १२३ रनमै अलआउट

काठमाडौं । आईसीसी विश्व लिग-२ को खेलमा नेदरल्याण्डविरुद्ध नामिबिया निरीह देखिएको छ । त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया ३५.१ ओभरमा अलआउट हुँदै १२३ रन जोड्न सक्यो ।

नामिबियाका लागि जेजे स्मिथले २६, रविन ट्रम्पबेलले २०, जेनी ग्रिनले १९ तथा कप्तान ग्रेहार्ड इराम्सु रनिकबोलस डाभिनले समान १३ रन जोडे ।

नामिबियालाई कन्तबिजोग बनाउनेक्रममा नेदरल्याण्डका आर्यन दत्तले घातक बलिङ गरे ।९ ओभरमा ३४ रन खर्चिएका उनले एक्लैले ६ विकेट लिएपछि नामिबियाको पाली धरासायी बन्यो ।

नेदरल्यान्ड्स पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो । आर्यनले मात्रै तीन ओभरमा ४४ रन खर्चिदै खराब प्रदर्शन गरेका थिए । कायल क्लेइनले २ तथा म्याक्स ओ डाओड र रोलोफ भान डर भर्वेले १–१ विकेट लिए ।

नामिबियाले पहिलो खेलमा नेपाललाई रहाएको थियो । नेपाल र नामिबियाबीचको दोस्रो खेल बुधबार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..