अध्यागमनका महानिर्देशक रुद्रसिंह तामाङ निलम्बित

काठमाडौं । भ्रष्टाचार मुद्दा लागेपछि अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध विशेष अदालतले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका हुन् ।

अख्तियारले तामाङसहित १५ जना र तीन कम्पनीविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले तामाङलाई ११ करोड, ९ लाख १७ हजार ४५८ रुपैयाँ ८८ पैसा विगो माग दाबी गरेको छ ।

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रहँदा उनी भ्रष्टाचारमा संलग्न भएको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..